सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका निर्विरोध

पाेखरा | बैशाख १, २०८३

सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका निर्विरोध

पोखरा ।   सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् । 

 

पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ  कार्यसमिति निर्वाचित गरेको हो ।

 

संस्थाको उपाध्यक्षमा कञ्चन थापा कोइराला र महासचिवमा  उमा आले मगर निर्वाचित भइन् ।

 

यसैगरी संस्थाको सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल ( तारा ) चयन  भइन् । सदस्यहरूमा  शोभा नेपाल , सपना  अधिकारी, रोजी श्रेष्ठ, रिना थापा, देवीका तामाङ विना थापा मगर निर्वाचित भइन् ।

 

महाधिवेशनमा सर्वसम्मत निर्वाचित भएको नयाँ  कार्यसमितिको कार्यकाल ३ वर्ष  रहेको छ । 

 

यसअघि महाधिवेशनको उद्‌घाटन गर्दै राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीले नेतृत्व तहमा महिलाको सहभागिता बढाउन सञ्चारिकाले भूमिका खेल्नुपर्नेमा जोड दिएकी थिइन् ।

 

कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, सञ्चारिका समूह नेपालका अध्यक्ष कमला पन्थी, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिका समूह नेपालका उपाध्यक्ष बसन्ती बास्तोला, पत्रकार महासङ्घ गण्डकीका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराल, सञ्चारिका समुह गण्डकीका पूर्वअध्यक्ष स्मिता अधिकारी लगायतले बोलेका थिए । 

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।   ...

थप पढ्नुहोस्